January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

ट्रम्पलाई फेरि अर्को झट्का, नतिजा उल्ट्याउन गरेको प्रयास असफल

  • 15
    Shares

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पराजित भएको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने प्रयास असफल भएको छ ।

पछिल्लो पटक ट्रम्पको समर्थनमा टेक्सास राज्यले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले खारेज गरेको हो । टेक्सासका महान्यायाधीवक्ताले गत नोभेम्बर तीनमा भएको राष्ट्रपति चुनावमा जो बाइडेन विजयी भएका चार राज्यहरु जर्जिया, मिसिगन, पेनसिलभेनिया र विसकन्सिनको नतिजा अवैध गर्न माग गरी सर्वोच्च अदालतमा यो हप्ता मुद्दा दायर गरेका थिए ।

मुद्दामा १९ राज्यका महान्यायाधीवक्ता र १ सय २७ रिपब्लिकन सांसदहरुले समर्थन गरेका थिए । तर सर्वोच्च अदालतले टेक्सास राज्यसँग यस्तो मुद्दा ल्याउने कानूनी अधिकार नरहेको बताएको हो ।

सर्वोच्च अदालतले अर्को वा अरु राज्यको चुनावका सम्बन्धमा मुद्दा ल्याउने कानूनी आधार नभएको समेत जनाएको छ ।

गत साता पनि सर्वोच्चले पेन्सिलभेनियामा बाइडेनको जितलाई आधिकारिकता प्रदान नगर्न माग गरी दायर गरेको मुद्दा खारेज गरेको थियो ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनका लागि २ सय ७० इलेक्टोरल कलेज मत चाहिन्छ । बाइडेनले तीन सय छ इलेक्टोरल कलेज मत पाउने पक्का भएको छ । बाइडेनले आउँदो जनवरी २० मा राष्ट्रपतिका रुपमा शपथ लिने छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको