विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १६ लाख नाघ्यो

काठमाडौं, विश्वभर कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या १६ लाख नाघेकाे छ । संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिवार बिहानसम्म काेराेन संक्रमणबाट कारण मृत्यु हुनेकाे संख्या १६ लाख २ सय पुगेकाे छ ।
विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने ७ कराेड १३ लाख ९८ हजार ९९९ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये ४ कराेड ९५ हजार ८५ बढी उपचारपछि घर फर्किएका छन् ।
गत २४ घण्टामा मात्रै विश्वभर ६ लाख ८१ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने १२ हजार १ सय २३ जनाकाे मृत्यु भएकाे छ । योसँगै ४ लाख ४५ हजार डिस्चार्ज भएका छन् ।
कोरोनाको उद्गम स्थल तथा चीन भए तापनि कोरोना संक्रमणको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । हालसम्म अमेरिकामा ३ लाख २ हजार ६५८ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १ कराेड ६२ लाख ७८ हजार ७३ पुगेकाे छ ।
संक्रमितमध्ये ९४ लाख ७२ हजार ९५ जना भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ६५ लाख २ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये २७ हजार ३३० बढीकाे अवस्था गम्भीर रहेको छ ।
प्रतिकृया दिनुहोस्