April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

चर्चित कोरियन फिल्म निर्देशक किम कि-दुकको ५९ वर्षको उमेरमा निधन


चर्चित कोरियन फिल्म निर्देशक किम कि-दुकको निधन भएको उल्लेख गरेका छन् । कोरिया टाइम्स लगायतका समाचारपत्रहरुका अनुसार उनको ५९ वर्षिय किमको लाट्भियाको एक अस्पतालमा शुक्रबार निधन भएको हो ।

संसारका तीन सबभन्दा ठूला फिल्म फेस्टिभल कान, बर्लिन र भेनिस तीनवटैमा अवार्ड जितेका किम यो समयका शसक्त एसियाली फिल्ममेकर मानिन्थे ।

उनका ‘पियटा’, ‘स्प्रिङ समर फल विन्टर एन्ड स्प्रिङ’, ‘थ्री आइरन’, ‘टाइम’, ‘ब्याड गाइ’ लगायतका फिल्म चर्चित छन् । समाचारहरुमा जनाइअनुसार उनी अजरबैजानबाट लाट्भिया पुगेका थिए । उनले त्यहाँ घर किन्ने तयारी गरेको पनि बताइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको