January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड नाघ्यो

  • 12
    Shares

काठमाडौं, विश्वभर कोरोना सङ्क्रमणबाट संक्रमित  हुनेको संख्या ७ करोड नाघेको छ । हालसम्म सात करोड सात लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा साढे ६ लाखभन्दा धेरैलाई सङ्क्रमण पुष्टि भएको थियो । यस्तै विश्वमा अहिलेसम्म ४ करोड ९१ लाखभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् ।

विश्वभर अहिले १ करोड ९९ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित छन् । यस्तै विश्वभर कोरोना सङ्क्रमणबाट १५ लाख ८८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा अहिलेसम्म सङ्क्रमित संख्या १ करोड ६० लाख नाघेको छ भने त्यहाँ अहिलेसम्म २ लाख ९९ हजारभन्दा धेरै सङ्क्रमितले ज्यान गुमाएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको