January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

जापानमा कोरोना संक्रमणको तेस्रो लहर शुरु

  • 1
    Share

टोक्यो, जापानमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर शुरु भएको छ । गत २४ घण्टामा जापानम २ हजार ७३३ जनामा संक्रमण देखिएको छ । जसमध्ये ५५५ जना सक्रिय संक्रमित बिरामी छन् ।

जापानका ६ वटा राज्यमा संक्रमण फैलिएको जनाइएको छ । यसअघि ९ डिसेम्बरमा पनि २ हजार ८३७ जना नयाँ संक्रमित थपिएका थिए ।

जापानमा नोभेम्बरयता संक्रमण बढ्न थालेको छ ।
हालसम्म जापानमा कुल संक्रमितको संख्या एक लाख ६८ हजार ५७३ पुगेको छ । तीमध्ये एक लाख ४३ हजार ६ जना संक्रमणमुक्त भएका छन् भने २ हजार ४६५ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा मात्र त्यहाँ ४५ जनाको मृत्यु भएको थियो । जापानमा कोरोनाका सक्रिय संक्रमितको संख्या २३ हजार १०२ रहेको जनाइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको