January 17, 2021, Sunday
२०७७ माघ ५, सोमबार

अफगानिस्तानमा एक महिला पत्रकारलाइ गोली हानि हत्या

  • 16
    Shares

काठमाडौं, मंसिर २५ ( अफगानिस्तानमा एक जना महिला पत्रकारको हत्या गरिएको छ । पूर्वी अफगानिस्तानको जलालाबादमा बिहीबार मलाल मैवन्दलाई गोली हानेर हत्या गरिएको बीबीसीले जनाएको छ । दोहामा अफगान सरकार र विद्रोही तालिबानबीच वार्ता हुँदै गर्दा अफगानिस्तानमा आक्रमणका घटनाहरु बढ्दै गएको छ । एनिकास टीभी र रेडियोमा कार्यरत मलाला कार्यालय जाँदै गरेको समयमा अज्ञात समूहले घेरा हालेर गोली प्रहार गरेको हो ।

उहाँ सबार कारका चालक मोहम्मद तनबिर समेत आक्रमणमा मारिएका छन् । अफगानिस्तानमा लक्षित गरेर आक्रमणका घटनाहरु वृद्धि भएपछि नेटो र यूरोपेली संघले संयुक्त वक्तब्य जारी गरेर भत्सर्ना गरेको एक दिन नबित्दै उक्त घटना भएको हो ।

राज्यका गभर्नर अताओल्लाह खोग्यानीले स्थानीय सञ्चारमाध्यमहरुलाई आक्रमणकारी आक्रमणपछि भागेको बताउनुभयो । अधिकारकर्मीसमेत रहनुभएकी मलालाले महिला पत्रकार हुनुको जोखिम र चुनौतीबारे बोल्दै आउनुभएको थियो ।लक्षित गरेर आक्रमणका घटना हुन थालेपछि पत्रकार, अधिकारकर्मी र राजनीतिज्ञसमेत निशानामा पर्दै आएका छन् । गत् महिना मात्रै एक जना चर्चित पत्रकार यामा सिवश चढेको कार विष्फोट हुँदा उहाँसहित तीन जनाको मृत्यु भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको