January 22, 2021, Friday
२०७७ माघ ९, शुक्रबार

भ्रष्टाचार काण्डमा अष्ट्रियाका पूर्ब अर्थमन्त्री ग्रासरलाई ८ वर्ष कैद

  • 33
    Shares

भ्रष्टाचार प्रकरणमा अष्ट्रियाका पूर्व अर्थमन्त्री कार्ल हेन्ज ग्रासरलाई अदालतले आठ वर्षको कैद सजाय सुनाएको छ । सार्वजनिक अपार्टमेन्ट बेच्न घुस लिएको ठहर गर्दै ग्रासरलाई जेल सजाय तोकेको बीबीसीले उल्लेख गरेको छ । पूर्व अर्थमन्त्री ग्रासरले करीब ९० लाख पाउण्ड भ्रष्टाचारमा संलग्न रहेको अदालतको आदेशमा उल्लेख छ । 

उनले बिचौलियामार्फत् ६० हजार सार्वजनिक अपार्टमेन्टलाई नीजिकरण गर्ने ठेक्कामा सूचना चुहाएर घुस लिएको ठहर भएको हो । तीन वर्षपछि सो अपार्टमेन्ट ९६ करोड ६१ लाख पाउण्डमा बिक्रि गरिएको थियो । जुन दर खरिद गरिएको दरको दोब्बर थियो ।

यद्यपी उनले भने आफूले कुनै गल्ती नगरेको भन्दै उच्च न्यायालयमा अपील गर्ने बताएका छन् । सन् २००० मा ग्रासर अष्ट्रियाको इतिहासमै सबैभन्दा कान्छो अर्थमन्त्रीको रुपमा नियुक्त भएका थिए । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको