January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन ३ हजार १५७ जनाको मृत्यु

  • 1
    Share

वासिङ्टन, कोरोना संक्रमणबाट अमेरिकामा एकै दिनमा अहिलेसम्मकै धरैको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकामा पछिल्लो २४ बुधबार तीन हजार १५७ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोनाबाट एकैदिन मृत्यु भएकाहरुको सङ्ख्या यो अहिलेसम्मकै धेरै भएको हो । यसअघि गत अप्रिल १५ मा एकैदिन सबैभन्दा धेरैको मृत्यु भएकोमा अहिले त्यसको २० प्रतिशत बढी भएको पनि उनीहरुले जानकारी दिएका छन् । त्यति बेला एकैदिनमा दुई हजार ६०३ जनाको मृत्यु भएको थियो ।

अमेरिकामा कोरोनाका कारण अहिलेसम्म दुई लाख ७३ हजार ८३६ जनाको मृत्यु भएको छ भने एक करोड ३९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् ।

जोन हप्किङ्स विश्वविद्यालयले दिएको जानकारी अनुसार झण्डै एक लाख जना सङ्क्रमितहरु अझै पनि अस्पतालमै रहेका छन् ।

अमेरिकी एम्बुलेन्स एसोसिएसनले दिएको जानकारीअनुसार बुधबार मात्रै आपतकालिन सेवाका लागि ९११ जनाको फोन आएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको