January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

रजनीकान्तको राजनीतिमा प्रवेश, ३१ डिसेम्बरमा पार्टीको घोषणा गर्ने

  • 1
    Share

काठमाडौं, साउथ सुपर स्टार रजनीकान्तले राजनीतिमा प्रवेश गरेका छन् । रजनीकान्तले नयाँ पार्टी खोल्न लागेको आज जानकारी दिएका हुन् ।

उनले नयाँ पार्टीको घोषणा ३१ डिसेम्बरमा गर्ने भएका छन् । रजनीकान्तले बिहीवार पार्टीको औपचारिक घोषणा ३१ डिसेम्बरमा गर्ने बताएका हुन् । उनी गत ६ महिना यता राजनीतिमा सक्रिय छन् ।

उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि बताएका छन् । तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्व सन्ध्यामा उहाँले पार्टी खोल्ने र निर्वाचनमा जाने बताएका हुन् ।

“हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौँ, जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्ने छ, त्यस मार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौँ,” उनले भने । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले दिएको जानकारीअनुसार पार्टी खोल्ने निर्णयमा पुग्नु अगाडि धेरैसँग परामर्श लिएका थिए ।

“मैले पटक पटक विभिन्न व्यक्तिहरुसँग छलफलहरु गरेँ, उहाँहरुको सल्लाह सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ,” उनले भनेका छन् । आफूलाई धेरैले सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता पनि देखिएको कलाकार रजनीकान्तले उल्लेख गरे ।

शीर्ष समाचार

धेरै पढिएको