January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

नेपाल र भारत द्विपक्षीय सम्बन्ध अघि बढाउने समझदारीमा भारतीय विदेशमन्त्री

  • 1
    Share

काठमाडौं, भारतका विदेशमन्त्री एस जयशंकरले नेपाल र भारत द्विपक्षीय सम्बन्धलाई अघि बढाउने निर्णयमा पुगेको बताएका छन ।

भारतीय पत्रिका द हिन्दूका लागि सुहासिनी हैदरले लिएको अन्तर्वार्तामा उनले विगतमा केहि समस्याहरु देखिएको भएपनि पछिल्लो समयमा नेपाल र भारत द्विपक्षीय सम्बन्धलाई अघि बढाउने समझदारीमा पुगेको बताएका हुन ।

पछिल्ला केही मुद्दाहरुमा केही सातामा भारत र नेपालले पारस्परिक रुपमा अघि बढने निर्णय गरेको जयशंकरको भनाइ छ । नेपालको संबिधानदेखि नक्सा लगायतका दुई देशविचको विवाद नसुल्झिदै भारतीय अधिकारीको नेपाल भ्रमणका विषयमा हैदरले सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन ।

संविधानको विषयलाई लिएर भारतले जनाएको आपत्तिलाई कुनै एउटा घटना विशेषका रुपमा हेर्नुपर्ने र त्यसैका आधारमा दुई देशबीचको सम्बन्धका बारेमा निष्कर्षमा पुग्न नहुने पनि उनको भनाइ छ । जयशंकरले बिबादहरु समाधान गर्नका लागि समय लाग्नसक्ने पनि उल्लेख गरेका छन ।

नेपाल आफ्नो अडानमा अडिग नै रहिरहेका बेला भारत आफ्नो धारणामा दृढ रहन नसकेको हो की भन्ने प्रश्नमा उनले एउटा मात्रै घटना मूल्याकनको मापदण्ड हुन नसक्ने उल्लेख गरेका छन ।

उनले भारतका अधिकांश छिमेकी मुलुकमा लोकतान्त्रिक व्यवस्था रहेको हुँदा सबैले आ–आफ्ना हिसाबले राजनीति गर्ने गरेका कारण समेत विवाद देखिने गरेको जनाएका छन् ।

नक्सा विवादका कारण एक वर्षदेखि दुई देशबीच संवादहीनता कायम रहेकै अवस्थामा नेपालmमा भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल, भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे र भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाले नेपाल भ्रमण गरेका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको