March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

बलिउड अभिनेता एवं भारतीय लोकसभा सांसद सनी देओललाई कोरोना संक्रमण 

काठमाडौं, बलिउड अभिनेता एवं भारतीय लोकसभा सांसद सनी देओललाई कोरोना संक्रमण भएको छ ।

उनले आफुलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिँदै आफु अहिले होम आइसोलेसनमा रहेको बताएका छन् ।

देओलले आफ्नो स्वास्थ्य ठिक रहेको जानकारी दिदै पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएकाहरुलाई आइसोलेसनमा बस्न आग्रह समेत गरेका छन् ।

सनी देओल करिब एक महिनादेखि हिमाचल प्रदेशको मनालीमा बसेका थिए । केहि दिनअघि मुम्बईमा आआफ्नो काधको सर्जरी गरेर फेरी मनाली फर्किएका थिए ।

सांसद समेत रहेका देओल कोरोना महामारीका बेला आफ्नो क्षेत्रमा राहत र सहयोगमा व्यस्त समेत रहेका थिए । उनी पंजावको गुरदासपुर क्षेत्रबाट बिजेपीका सांसद हुन् ।

शीर्ष समाचार

धेरै पढिएको