अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनद्वारा सञ्चार टोलीका सदस्यहरु सबै महिला हुने घोषणा

वासिङ्टन, मंसिर १५ अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको सञ्चार टोलीका सदस्यहरु सबै जना महिला हुने घोषणा गर्नुभएको छ । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता रहनुभएकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ ।
बाइडेनले आफूले ह्वाइट हाउसको सञ्चार टोलीका सबै सदस्यमा महिलाहरुलाई नियुक्त गर्न पाएकामा आफूलाई निकै खुशी भएकाे बताएका छन । उहाँहरु सबै योग्य, अनुभवी सञ्चारविज्ञ रहनुभएको बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताएको छ । बाइडेनको सञ्चार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्नेछ ।
प्रतिकृया दिनुहोस्