January 21, 2021, Thursday
२०७७ माघ ८, बिहीबार

इरानका वैज्ञानिकको हत्यामा इजरायलको संलग्नता भएको दाबी

  • 24
    Shares

काठमाडौं, मंसिर १३ – इरानले आफ्ना आणविक वैज्ञानिकको हत्यामा इजरायलको संलग्नता रहेको आरोप लगाएको छ । शुक्रबार इरानका आणविक वैज्ञानिक मोहसेन फख्रिजादेहको हत्या भएको थियो । राजधानी तेहरान नजिकै आफ्नो कारमा सबारी गरिरहँदा वैज्ञानिक फख्रिजादेहको एम्बुसमा परेर मृत्यु भएको थियो ।


इरानका राष्ट्रपति हसन रोहानीले उहाँको हत्यापश्चात् इरानको उपलब्धी नरोकिने बताउनुभयो । इरानका सर्वोच्च नेता अयोतोल्लाह अली खमोनईका सैन्य सल्लाहकार होसेन डेगनले पीडकमाथि छिट्टै बदला लिइने चेताबनी दिनुभएको छ । विदेश मन्त्री मोहम्मद जावद जरिफले अन्तर्राष्ट्रिय समुदायलाई आतंकपूर्ण गतिबिधिको निन्दा गर्न आग्रह गर्नुभएको छ।


बीबीसीका अनुसार सन् २०१८ को अप्रिल महिनामा इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्युहले इरानका आणविक वैज्ञानिक फख्रिजादेहबारे विशेष चर्चा गर्नुभएको थियो । हत्यामा संलग्नताको आरोपलाई लिएर इजरायलले कुनै प्रतिक्रिया जनाएको छैन् । गाेरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको