February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

इरानका मुख्य परमाणु वैज्ञानिक मोहसिनमाथि गोली हानी हत्या

  • 18
    Shares

तेहरान, इरानका एकजना महत्वपूर्ण परमाणु वैज्ञानिकको हत्या भएको छ । इरानी परमाणु कार्यक्रमका मुख्य वैज्ञानिक मोहसिन फखरीजादेहको शुक्रबार अबेर गोली हानी हत्या गरिएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार इरानको राजधानी तेहरानसँगै जोडिएको शहर अबसार्डमा उनीमाथि गोली प्रहार भएको थियो ।

आक्रमणपछि उनलाई तत्काल स्थानीय अस्पतालमा पुर्याइएको जनाइएको छ । उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको हो ।

इरानका विदेशमन्त्री जवाद जरीफले यो हत्या आतंकवादीले गरेको प्रतिक्रिया दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘आतंकवादीइहरुले आज इरानका एक प्रमुख वैज्ञानिकको हत्या गरेका छन् । यो हत्या कार्यरर्तापूर्ण छ । यसमा इजरायलको संलग्नता भएको गम्भीर आशंका छ ।’

मोहसिनलाई इरानको परमाणु कार्यक्रमको मुख्य वैज्ञानिक मानिन्थ्यो। पश्चिमा देशहरुले मोहसिनकै नेतृत्वमा इरानमा खुफिया रुपमा परमाणु कार्यक्रम भएको विश्वास गर्छन् ।

इरानी रक्षामन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मोहसिन सवार कारमा आतंकवादीले आक्रमण गरेको जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको