January 21, 2021, Thursday
२०७७ माघ ८, बिहीबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्ता हस्तान्तरण गर्न तयार

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएका छन । सरकारी उच्चअधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया शुरु गर्न निर्देशन दिएको हो ।

उनले यसअघि सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्ने आशंका गरिँदै आएकोमा अहिले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएपछि सकारात्मक सन्देश गएको छ । राष्ट्रपति ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै आफू पराजित नभई पराजित गराइएको दाबी गर्दै आएका थिए छ ।

निर्वाचनमा धाँधली भएको भन्दै उले विभिन्न अदालतनमा मुद्दा दर्ता गरे पनि ट्रम्पको दावीका लागि पर्याप्त प्रमाण नभएकाले कतिपय न्यायाधीशहरुले मुद्दा नै खारेज गरिदिएका थिए । अदालतबाट समेत आफ्नो दाबी पुष्टि नहुँदा पनि उनले आफू अन्यायमा परेको र आफूलाई नियोजित रुपमा पराजित गरिएको भन्दै न्याय माग्ने क्रमलाई निरन्तरता दिने दावी गरेकाे छ । यही नोभेम्बर ३ तारिखका दिन भएको निर्वाचनबाट राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएका छन । आगामी सन् २०२१ जनवरी २० मा बाइडेन र ह्यारिसले सपथ ग्रहण गर्दै जिम्मेबारी सम्हाल्ने छन । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको