अफगानिस्तानमा सेनाको हवाई हमलामा परी ६ तालिबानको मृत्यु

बाल्ख, अफगानिस्तानको सेनाले उत्तरी बाल्ख प्रान्तको ग्रामीण इलाकामा गरेको हवाई आक्रमणमा कम्तीमा छ जना तालिबानी लडाकू मारिएको छ ।
अफगान वायु सेनाले तालिबानको शिविरलाई सोमबार मध्यराति लक्षित गरी उक्त हमला गरिएको र त्यसबाट अरु चार जना गम्भीर घाइते भएको बताएको छ ।
अफगान सेनाले देशभित्र हिंसात्मक झडपका घटनामा वृद्धि हुँदै गएपछि यस वर्षको शुरुदेखि नै देशका विभिन्न स्थानमा तालिबान विद्रोही विरुद्ध सैनिक कारबाही गरिरहेको छ ।
प्राप्त जानकारी अनुसार सरकारी फौजको उपस्थिति अफगानिस्तानका शहरी इलाकाहरुमा बढी देखिएको छ तर ठूलो भूभागको ग्रामीण इलाकामा तालिबानी समूह सक्रिय छ ।
ग्रामीण क्षेत्रमा संगठित रहेका तालिबानीहरुले बेलाबेला शहरी इलाकाहरुमा भिषण आतंकवादी हमलाहरुले गर्ने गरेका छन् ।एजेन्सी
प्रतिकृया दिनुहोस्