May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४, मंगलवार

नाइजेरियाको मस्जिदमा बन्दुकधारीको हमला, ५ जनाको हत्या, १८ अपहरण

  • 12
    Shares

नाजेरियामा शुक्रबार एउटा मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् ।यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ ।त्यस बन्दुक हमलामा परी पाँच जनाको ज्यान गएको छ भने उनीहरुले अरु कम्तीमा पनि १८ जनालाई अपहरण गरेर लगेका छन् ।

नाइजेरियाको मोराउ स्थानीय सरकारको जाफिरा भन्ने स्थानको मस्जिदमा सो घटना भएकोे हो । शुक्रबार प्रार्थनाको समयमा आएका कैयौँ बन्दुकधारीहरुले बन्दुक हमला गर्दा त्यहाँ रहेका पाँच जनाको ज्यान गएको र अरु १८ जनालाई उनीहरुले नै अपहरण गरेर लगेका थिए ।

मोटर साइकलमा आएका अज्ञात बन्दुकधारीहरुले गाउँतर्फ फर्किएर पनि हवाई फायर गरेका थिए । उनीहरुले मस्जिदमा हमला गरे पछि उनीहरु सँगै आएको बसमा ती अपहरित १८ जनालाई लगेर गएका थिए ।यस घटनाको बारेमा अनुसन्धान शुरु भएको यहाँको प्रहरीले जनाएको छ । ntv

शीर्ष समाचार

धेरै पढिएको