December 2, 2020, Wednesday
२०७७ मंसिर १७, बुधबार

आइएसद्धारा इराकमा सात प्रहरीको हत्या

  • 15
    Shares

दोहा मंसिर ७ गते – इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका बताइएको छ । शनिबार सो हमला भएको थियो । उक्त प्रान्तमा शनिबार भएको यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ ।

शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो । सो कारबाहीमा परी ती समूहका केही लडाकू मारिएका थिए ।
त्यसपछि यो आक्रमणको घटना भएको बताइएको छ । शनिबार साँझ सो हमला भएको छ । यसमा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ । इराकको उक्त प्रान्त राजधानी बगदादबाट करिब २०० किलाेमिटर टाढा पर्दछ । उक्त स्थानमा पछिल्ला केही दिनमा आइएसले आक्रमण थालेको छ । गाेरखापत्रबाट

त्यसैले इराकको सुरक्षा फौजले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षा गस्ती दिने गरेको छ । सो गस्तीपछि आइएसले पनि सो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधाारणलाई लक्ष्य गरेर हमला गर्ने गरेको छ ।शनिबार हत्या गरिएका सात सुरक्षाकर्मी इराकका प्रहरी रहेको बताइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको