November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमणमा परी आठको मृत्यु

  • 16
    Shares

काबुल, अफगानिस्तान, मंसिर ७
अफगानिस्तानको राजधानी मा शनिबार भएको रकेट आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या आठ पुगेको छ । अफगानिस्तानको राजधानी काबुलमा आतङ्ककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् ।


प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् । अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्नेछ। गाेरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको