November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

जी २०का नेताहरूलाई एकताबद्ध हुन राष्ट्रसङ्घका महासचिव गुटर्रेसको आग्रह

  • 13
    Shares
photo file

ब्रासिलिया, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले विश्वका जी २० का नेताहरूलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन् । उनले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न सो आग्रह गरेका हुन् ।

जी २० को यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुन लागेको छ । सो बैठकको अघि उनले विश्वका नेताहरूलाई यो आग्रह गरेको बताइएको छ । विश्वमा अहिले विशेष गरेर कोभिड १९ को सङ्क्रमण देखापरिरहेको छ र यस्तो अवस्थामा विश्वमा आर्थिक मन्दीको अवस्था पनि देखिएको छ भन्दै उनले यस्ता र अरु पनि समस्या रहेको बताए।

त्यसैले यी समस्याको समाधान गर्नका लागि विश्वका नेताहरूले एक भएर काम गर्नुपर्ने र भन्दै उनले शुक्रबार सो कुरामा जोड दिएका थिए । शुक्रबार संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा संवाददातासँग कुरा गर्दै उक्त कुरा बताएको हो ।

उनले सो पत्रकार सम्मेलनमा विश्वका जी २० का नेताहरूको यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुदैछ, त्यसमा मेरो पनि सहभागिता हुनेछ, तर मेरो सन्देश निकै साधारण छ र त्यो सन्देश हो कि विश्वमा अहिले देखापरेका विभिन्न खालका समस्याको समाधानका लागि हामीले एकताबद्ध भएर लाग्नुपर्दछ र कोभिड १९ को समस्याले कैयौँ देशलाई समस्यामा पारिरहेकोले यस महामारीबाट बाहिर निस्किन र आर्थिक र अरु पनि समस्याको समाधान गर्न जी २० को नेताहरू पनि लाग्नुपर्ने बताएका छन् । गाेरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको