December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

अमेरिकाको जर्जियामा भएको पुनः मतगणनामा पनि बाइडेन विजयी

  • 54
    Shares

जर्जिया, अमेरिकाको जर्जियामा भएको पुनः मतगणनामा पनि राष्ट्रपतिमा निर्वाचित जो बाइडेन नै विजयी भएका छन् ।

जर्जियामा बाइडेनले राष्ट्रपति ट्रम्पलाई १२ हजार २ सय ८४ मतले हराएका हुन् । जर्जियाका मन्त्री ब्राड राफेनस्पेर्गरले हातैले गरिएको पुनः मतगणनाले नतिजा परिवर्तन नगरेको बताएका छन् ।

पुनः मतगणनामा कुनै पनि काउन्टीमा मतगणनामा गल्ती शुन्य दशमलब ७३ प्रतिशतभन्दा बढी नरहेको र बाइडनले कुल मतमा ट्रम्पलाई शुन्य दशमलब ५ प्रतिशतभन्दा कम मतले हराएको नतिजाको पुनर्पुष्टि भएको छ ।

जर्जियामा रिपब्लिकनका तर्फबाट मतदान प्रणालीमा प्रतिनिधित्व गरेकी ग्राबियल स्टेरलिङले जर्जियामा मतदान मेशिनले कुनै गडबड नगरेको प्रमाणित भएको बताइन् ।

बाइडनले ट्रम्पले नजित्ने कुरामा आफू ढुक्क भएको र राष्ट्रपतिले गैरजिम्मेवारीपन देखाएको प्रतिक्रिया दिएका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा बाइडेनले ५९ लाखभन्दा बढी मत प्राप्त गरेका छन् ।

उनले ३ सय देखि देखि ३ सय २२ इलेक्टलर कलेज मत जित्ने अनुमान गरिएको छ । योसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पको कानुनी चुनौती तीन राज्यमा समाप्त भएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको