December 3, 2020, Thursday
२०७७ मंसिर १८, बिहीबार

नान्सी पेलोसी अर्को दुई वर्षका लागि सभामुखमा यथावतै रहने

  • 40
    Shares

वासिङ्टन, – अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत कायम गरेको डेमोक्रेट पार्टीले वर्तमान सभामुख नान्सी पेलोसीलाई नै अर्को दुई वर्षका लागि सभामुखमा चयन गरेको छ । अब आगामी जनवरीमा सदनमा सभामुखका लागि मतदान हुनेछ । हाउसमा डेमोक्रेटको बहुमत रहेकाले पेलोसी विजयी हुने निश्चित छ ।


सभामुख पेलोसीले राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग मिलेर कार्य गर्न आफू तत्पर रहेको बताउनुभयो । सन् २०१९ मा पेलोसीले आफू अरु चार वर्षका लागि मात्र सभामुख हुन चाहेको बताएको थियो । हाउस डेमोक्रेटका सदस्यहरुले यसै साता सदनभित्रका विभिन्न पदहरुको नेतृत्वका बारेमा पनि निर्णय गर्दैछन् ।

हाउसका एक तिहाई सदस्यका लागि भएको चुनावमा डेमोक्रेट पार्टीले १० स्थान गुमाएको थियो । यही कारण हाउसमा डेमोक्रेटको झिनो बहुमत कायम भएको छ । सभामुख पेलोसीले अमेरिकाका अघिल्तिर रहेका जल्दाबल्दा समस्याहरु जस्तै स्वास्थ्य सेवाको विस्तार, पर्यावरण संरक्षणको सबलीकरण, नीतिगत तहमा पुनर्संरचना र अर्थतन्त्रमा रहेका व्यापक जातीय विभेदलाई सम्बोधनजस्ता विषयमा राष्ट्रपति–निर्वाचित बाइडेनसँग मिलेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
डेमोक्रेटको हाउस कमिटीले बुधबार नै हाउस बहुमत नेतामा स्टेनी होयर र बहुमत ह्वीपमा जेम्स क्लाइबर्नलाई पुनः निर्वाचित गरेको छ । एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको