December 5, 2020, Saturday
२०७७ मंसिर २०, शनिबार

अफगानिस्तानमा तालिबानको मोर्टार आक्रमणबाट ७ जनाको मृत्यु

  • 28
    Shares

कुन्दुज, अफगानिस्तानको उत्तरपूर्वी शहर कुन्दुजमा बुधबार साँझ तालिबानले गरेको आक्रमणमा सात जना सर्वसाधारणको मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार तालिबानले प्रहार गरेको मोर्टार लागेर मारिनेहरुमा महिला र बालबालिका समेत सात जनको मृत्यु भएको र अरु छ जना घाइते भएका छन् ।

अफगान रक्षा मन्त्रालयले कुन्दुजको बाहिरी इलाका टालोखा क्षेत्रमा उक्त घटना भएको जनाएको छ ।

हालैमात्र, अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबान र अफगान सुरक्षा फौजबीच इमाम शाहिब, दस्त–ए–आर्ची समेतका क्षेत्रमा भिडन्तहरु भएका छन् ।

पछिल्लो मोर्टार आक्रमणका बारेमा तालिबान समूहले केही प्रतिक्रिया दिएको छैन ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको