December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ३१ हजार नाघ्यो

  • 1
    Share

नयाँदिल्ली, भारतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ३१ हजार ५७८ पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा केही दिनयता कोरोना भाइरसबाट संक्रमितको संख्यामा केही कमी आएपनि गत २४ घण्टामा पुनः संक्रमितको संख्या बढेर ४५ हजार ५७६ पुगेको छ ।

भारतमा हाल ८९ लाख ५८ हजार कूल संक्रमित छन भने ८३ लाख ८३ हजार संक्रमणमुक्त भएका छन् । संक्रमितको निको हुने दर निकै राम्रो रहेको भारतमा हाल ४ लाख ४३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

मन्त्रालयका अनुसार विगत १२ दिनदेखि भारतमा ५० हजारभन्दा कम व्यक्तिमा मात्र संक्रमण देखिएको छ ।

भारतमै सर्वाधिक असर परेको महाराष्ट्रमा ८१ हजार २०७ जनामा सक्रिय संक्रमण रहेको छ भने केरलामा करिब ७० हजार र दिल्लीमा ४२ हजारमा संक्रमण यथावत रहेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको