November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

चीनले विकास गरेको कोभिड-१९ विरुद्वको खोप मध्य-चरणका परीक्षणहरूमा सफल

  • 17
    Shares

काठमाडौं, कोभिड-१९ विरुद्ध चीनले विकास गरेको एउटा खोपले मध्य-चरणका परीक्षणहरूमा सफलताको सङ्केत दिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

चीनमा हाल विभिन्न खोपहरू तयार गरिँदैछ र तीमध्ये केही मानिसहरूलाई लगाएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार सिनोभ्याक बायोटेक नामक समूहले तयार पार्दै गरेको खोपले ७०० जना मानिसमा गरिएको परीक्षणका बेला तिनमा तीव्र रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न हुन सकेको थियो ।

बाँकी विश्वले जस्तै चीनले पनि कोभिड विरुद्धको खोप बनाउन जोडतोडले प्रयास गरिरहेको छ ।
यसैक्रममा चारवटा खोप चिकित्सकीय परीक्षणको अन्तिम चरणहरूमा प्रवेश गरेका छन् जसमा सीनोभ्याक बायोटेकको खोप पनि पर्दछ ।

युरोपेली र अमेरिकी खोपहरूको ठूलो स्तरको परीक्षणबाट प्राप्त तथ्याङ्कहरूले ती खोपहरू सफल रहेको भन्ने देखाएको विवरणहरू आइरहँदा यो पछिल्लो घोषणा आएको छ ।

अमेरिका, जर्मनी र रुसमा विकास गरिएको तीनवटा खोपहरूको परीक्षणका तथ्याङ्कहरू सार्वजनिक भएका छन् र दशौँ हजारमा गरिएको परीक्षणमा ती खोप ९०% भन्दा बढी नै प्रभावकारी देखिएको बताइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको