December 1, 2020, Tuesday
२०७७ मंसिर १७, बुधबार

फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु,

  • 28
    Shares

मनिला, मंसिर १ गते -फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ । आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका सो प्रकोप व्यवस्थापन विभागले जनाएको छ ।

अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् । त्यसैगरी यहाँ आँधीले पु¥याएको क्षतिलाई राहात र उद्धारको काम जारी रहेको बताएका छन् । गाेरखापत्रबाट

शीर्ष समाचार

धेरै पढिएको