October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

राष्ट्रपतीय निर्वाचनका विषयमा प्रदर्शन हुँदा बेलारुसमा एक हजार जना गिरफ्तार

बेलारुस– बेलारुसमा भएको विवादस्पद राष्ट्रपतीय निर्वाचनका विषयमा असन्तुष्टि व्यक्त गर्दै हालै भएको प्रदर्शनमा १ हजारभन्दा बढी मानिसलाई गिरफ्तार गरिएको त्यहाँको मानव अधिकार समूहले जनाएको छ ।

विपक्षी दलका कार्यकर्ताको मृत्यु सुरक्षाकर्मीको कुटाईबाट भएको भन्दै बढेको असन्तुष्टि प्रदर्शनमा परिणत भएको थियो । प्रदर्शनकारीहरुका अनुसार विपक्षी दलका कार्यकर्ताको बिहीबार सुरक्षाकर्मीको पिटाईबाट मृत्यु भएको हो । तर सरकारले भने त्यसलाई अस्वीकार गर्दै आएको छ ।

लामो समयदेखि बेलारुसमा सत्ता सञ्चालन गरिरहनु भएका नेता अलेक्जेन्डर लुकाकिन्कोले गत अगस्टमा भएको राष्ट्रपति निर्वाचनमा आफू निर्वाचित भएको बताएपछि विवाद बढेको हो । बेलारुसमा भएको निर्वाचन धाँधलीपूर्ण भएको बताइएको छ । गत आइतबार राजधानी मिन्सक र अन्य शहरहरुमा पनि हजारौं मानिस प्रदर्शनमा निस्किएका थिए । ntv

शीर्ष समाचार

धेरै पढिएको