December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

इजिप्ट र सुडानको संयुक्त सैन्य अभ्यास शुरु

  • 45
    Shares
फाइल तस्बिर

कायरो,  इजिप्ट र सुडानले संयुक्त सैन्य अभ्यास शुरु गरिएको इजिप्टको सेनाले शनिबार घोषणा गरेको छ । उक्त सैन्य अभ्यासले नाइल उपत्यकाका दुई छिमेकी मुलुकबीचको सुरक्षा सम्बन्ध अझ प्रगाढ र सुदृढ बन्दै गएको संकेत गरेको छ । गतवर्ष सुडानी राष्ट्रपति ओमार अल–बसिरको सत्ता पतन भएयता पहिलो पटक दुबै मुलुकका

कमान्डो सैनिक र लडाकू विमानसहित संयुक्त सैन्य अभ्यास भइरहेको हो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुडानमाथि लाग्दै आएको आतंकवाद–प्रश्रय मुलुकको सूचीबाट हटाएको एक महिनापछि नै इजिप्ट र सुडानबीच संयुक्त सैन्य अभ्यास भएको हो । अमेरिकी यस कदमपछि सुडानलाई अन्तर्राष्ट्रिय जगतसँग पुनः सम्बन्ध गाँस्न सहज भएको थियो ।

अमेरिकी कदमसँगै सुडानले इजरायलसँग पनि सम्बन्ध गाँसेको थियो ।इजिप्टको सेनाले एक वक्तव्य प्रकाशन गरी “नाइलको इगल–१” नाम दिइएको यस संयुक्त सैन्य अभ्यास सुडानमा भइरहेको र यो आगामी नोभेम्बर २६ सम्म जारी रहने बताएको छ । गाेरखापत्रबाट

सैन्य अभ्यासका क्रममा सैन्य कारबाहीसँग सम्बन्धित योजना निर्माण र कारबाहीसँग जोडिएको क्रियाकलापका साथै खोज तथा उद्धार अभियानमा कमान्डो समूहको परिचालन समेटिएको सैन्य वक्तव्यमा उल्लेख छ । इजिप्टका राष्ट्रपति अब्देल फतेह अल–सिसीको सरकारले दक्षिणी छिमेकी मुलुकसँग सम्बन्ध सुदृढ गर्न पछिल्लो समय विशेष महत्व दिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको