November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

रोमनियाको कोभिड अस्पतालमा आगलागी हुँदा १० जनाको मृत्यु

  • 20
    Shares

रोमनिया, रोमानियाको एक अस्पतालमा शनिबार आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ । आगलागीका कारण अरु सात जना गम्भीर घाइते भएका छन् ।

कोरोना भाइरसबाट संक्रमितहरुको उपचार हुँदै आएको सो अस्पतालमा आगलागी भएको हो ।

बिरामीको उद्धार गर्न खोजेका एक डाक्टर जलेर गम्भीर घाइते भएका छन् । उत्तर–पूर्वी शहर पिएत्रा निभएमतमा रहेको अस्पतालको सघन उपचार कक्षमा  आगलागी भएको प्रहरीले जनाएको छ ।

विद्युत सट भएर आगलागी भएको हुन सक्ने रोमानियाका स्वास्थ्य मन्त्री नेलु तातारुले स्थानीय सञ्चारमाध्यमले बताएका छन् । आगलागीपछि अस्पतालमा कोरोना संक्रमितलाई लासी शहरमा रहेको अर्को अस्पतालमा सारिएको छ ।एजेन्सी


शीर्ष समाचार

धेरै पढिएको