
काठमाडौं, लिबियाको खोमसको तटमा डुंगा दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा आप्रवासी रहेको आप्रवासी सम्बन्धी संयुक्त राष्ट्रसंघीय निकाय ‘आइओमएम’ले जनाएको छ ।
उसका अनुसार डुंगामा करिब १ सय २० जना सवार रहेका थिए । ४७ जनाको जिवितै उद्दार गरिएको छ । जिवितै उद्धार गरिएकामध्ये ११ जना नवजात शिशु छन् ।
गत अक्टोबरदेखि भूमध्यसागरमा रहेको उक्त डुंगा समुद्र पार गर्ने क्रममा दुर्घटनामा परेको हो । लिबिया लगायतका देशका आप्रवासीहरु भूमध्य सागरको बाटो भएर जोखिमपूर्ण यात्रा गर्ने हुँदा हरेक वर्ष डुंगा दुर्घटनामा सयौंको मृत्यु हुने गरेको छ ।
आइओमएमका अनुसार यस वर्ष मात्र कम्तिमा नौ सय भन्दा बढीको भूमध्य सागरमा डुबेर मृत्यु भएको छ ।एजेन्सी







