November 30, 2020, Monday
२०७७ मंसिर १६, मंगलवार

बलिउड अभिनेता आसिफ बसराले गरे आत्महत्या

  • 9
    Shares

मुम्बई, बलिउड अभिनेता आसिफ बसराले आत्महत्या गरेका छन् । ५३ वर्षिय बसराले बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा आत्महत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनी धर्मशालामा भाडाको घरमा बस्दै थिए । अभिनेताले विहीबार बिहान ११ः३० बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले बिहान १२ः३० बजे आत्महत्याको जानकारी पाएको बताएको छ ।

चर्चित टेलिभिजन र फिल्ममा काम गरेका आसिफको शव पोष्टमार्टमको लागि पठाइएको छ । प्रहरीका अनुसार उनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको