April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

अमेरिकाको जोर्जियामा हातैले पुनः मतगणना गरिने

जोर्जिया, अमेरिकाको जोर्जिया राज्यमा पुनः मत गणना हुने भएको छ । राष्ट्रपतीय पदका लागि भएको निर्वाचनमा झिनो अन्तरका साथ जो बाइडेन अघि रहेको देखिएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले उजुरी दिएकाले फेरी गणना हुन लागेको हो ।

मत गणना हातैले गर्ने तयारी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । दुई उम्मेदबारका बीचमा झण्डै १४ हजार मतान्तर रहेको छ ।

विगतमा पनि यसैगरी दोहोर्‍याएर गरिएका मत गणनाले खासै परिवर्तन नल्याएकाले यस पटक पनि नतिजा उल्टीने संभावना भने कम रहेको धेरैको भनाई छ ।

अहिले गणना हुन थालेको ठाउँमा यदी बाइडेन पराजित भएपनि उनीसँँगै २७० भन्दा बढी इलेक्टोरल मत हुने भएकाले पनि उनको जित कायमै रहने छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको