November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

बहराइनका प्रधानमन्त्री खालिफाको ८४ वर्षको उमेरमा निधन

  • 69
    Shares

बहराइन, बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको ८४ वर्षको उमेरमा निधन भएको छ । अमेरिकामा उपचाररत् प्रधानमन्त्री खालिफाको आज बुधबार निधन भएको जनाइएको छ ।

उनको उपचार अमेरिकाको मायो क्लिनिक अस्पतालमा भइरहेको थियो । बहराइनका राजाले खालिफाको निधनमा एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छ ।

भोलि विहीबारदेखि तीन दिनसम्म बहराइनका सरकारी कार्यालयमा विदा दिइएको बताइएको छ । खालिफा सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका थिए ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको