December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

अर्मेनीया र अजरबैजानबिच युद्ध अन्त्य गर्ने सहमति, मंगलवारबाट शान्ति सम्झौता लागू हुने

  • 12
    Shares

काठमाडौं, विवादित नगोर्नो काराबाख क्षेत्रमा जारी सैन्य द्वन्द्व अन्त्य गर्न अर्मेनीया र अजरबैजान तयार भएका छन । रुसको मध्यस्ततामा भएको वार्तामा युद्ध अन्त्य गर्ने सहमति बनेको छ ।

अजरबैजान र आर्मेनीयाबीच छ हप्तादेखि चलेको युद्धपछि सहमति बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


स्थानीय समय अनुसार मङ्गलवार १ बजेबाट शान्ति सम्झौता लागू हुने छ । रुसी राष्ट्रपति भल्लादिमिर पुटिनले उक्त क्षेत्रमा रुसी शान्ति सेनाको उपस्थिति रहने जनाएका छन् ।

त्यसबाहेक सम्झौतामा युद्धबन्दी आदानप्रदान हुने र यातायात तथा आर्थिक सम्बन्ध पुनः स्थापित गरिने बताइएको छ ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियभले उक्त सम्झौतालाई द्वन्द्व समाधानको एउटा महत्त्वपूर्ण अवस्था भएको उल्लेख गरेका छन ।

अर्मेनीयाका प्रधानमन्त्री निकोल पाशिनियानले भने विवादित नगोर्नो काराबाख क्षेत्रमा युद्ध अन्त्य गर्न अजरबैजान र रुससँगको सम्झौता आफ्नो देशका लागि पीडादायी भएको उल्लेख गरेका छन् ।

नयाँ सम्झौता अनुसार युद्धका क्रममा नगोर्नो काराबाख क्षेत्रमा आफ्नो नियन्त्रणमा लिन सफल स्थान अजरबैजानले प्राप्त गर्नेछ । पछिल्लो हप्ता अजरबैजानले सो क्षेत्रमा पर्ने सुसआ सहर नियन्त्रणमा लिएको थियो । त्यसबाहेक अन्य केही क्षेत्रबाट समेत आफू फिर्ता हुने अर्मेनीयाले सहमति जनाएको छ ।

विवादित नगोर्नो काराबाख क्षेत्रलाई अन्तर्राष्ट्रियरूपमा अजरबैजानको मानिन्छ । तर त्यो क्षेत्र सन् १९९४ देखि अर्मेनीयाको जातीय समूहको नियन्त्रणमा रहेको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको