October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनद्वारा कोरोना नियन्त्रण टोली गठन

वासिङ्टन, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना महामारीसँग जुध्नका लागि कोभिड–१९ टास्क फोर्स गठन गरेका छन् ।

१३ सदस्यीय टास्क फोर्समा तीन सह-अध्यक्ष र एक सदस्य छन् भने यस विषयमा बाइडनेले वैज्ञानिक र विशेषज्ञको सल्लाह पनि लिने बताएका छन् ।

बाइडेनले कोरोना महामारीको दोस्रो लहर आउन बाँकी रहेको भन्दै सबैलाई मास्क लगाउन अपिल पनि गरेका छन् । बाइडेनले भने, ‘कोरोना महामारीको घातक दोस्रो लहर आउन बाँकी नै छ। यसकारण हामी सबैले मास्क लगाउने तथा आवश्यक सुरक्षाका सबै उपाय अपनाऔं ।’

उनले भने, ‘कोरोना महामारी नियन्त्रण गर्नु मेरो प्रशासनको पहिलो प्राथमिकता हो । लगातार बढिरहेको संक्रमण रोक्नु र खोप पत्ता लगाउनु मेरा लागि ठूलो चुनौती हो ।’

बाइडेनद्वारा गठित कोभिड-१९ टास्क फोर्समा कोरोना नियन्त्रण अभियान निर्माणमा ध्यान दिने सरकारी एजेन्सीका प्रमुख एवं इम्युनोलजिस्ट डाक्टर रिक ब्राइट प्रमुख रहेका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको