December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

न्युजिल्याण्डमा नवगठित सरकारद्वारा साना व्यवसायीहरूलाई विषेश राहतको घोषणा

  • 9
    Shares

वेलिङ्टन, न्युजिल्याण्डमा नवगठित सरकारले साना व्यवसायीहरूका लागि विषेश राहत कार्यक्रमको घोषणा गरेको छ ।

लेबर पार्टीको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले साना व्यवसायीलाई बचाइ राख्न बलियो राहत कार्यक्रम घोषणा गरेको हो । सरकारले कोरोनाका कारण मर्कामा परेका साना व्यवसायीहरुलाई एक बर्षदेखि दुई बर्षसम्म व्याज मिनाहा सहुलियत दिने भएको हो ।

प्रधानमन्त्री जसिन्दा अर्डेनले साना व्यवसायीका लागि राहतको प्याकेजसँगै सअघि दिदै आएका सहुलियतहरूको म्याद पनि पनि थप गरिएको जानकारी दिइन् ।

यस वर्ष म्याद सकिन लागेका राहत तथा सहुलियतका कार्यक्रमहरु सन् २०२३ को डिसेम्बर ३१ सम्म जारी रहने उनले बताइन । कठिन समयमा व्यवसायीहरुलाई सरकारले पछाडिबाट धकेल्ने काम गर्नु नै महत्वपूर्ण हुने उनको भनाइ छ ।

न्युलिल्याण्डमा हालै भएको निर्वाचनपछि गठन भएको सरकारका मन्त्रीहरुले शुक्रबार सपथ ग्रहण गरेका थिए । नयाँ मन्त्रीपरिषदको सोमबार पहिलो बैठक बसेको हो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको