December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो

  • 3
    Shares

काठमाडौं, विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८ जना सङ्क्रमित भएका छन् ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख ५६ हजार २५४ जना पुगेको जोन्स हप्किङ विश्वविद्यायलले सोमबार जानकारी दिएको छ ।

यसबीच तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित भएको देश संयुक्त राज्य अमेरिकामा हालसम्म २ लाख ३७ हजार ११३ जनको मृत्यु भएको छ ।

अमोरिकामा ९९ लाख ७१ हजार ६५१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार ३९७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

अमेरिकामा ५६ लाख ६४ हजार ११५ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २६ हजार ६११ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको