
वासिङ्टन, अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि उनका समर्थकहरुले देशभरकै सडकमा विजय उत्सव मनाएका छन् । विजयी भएको घोषणा गरे लगत्तै उनका समर्थकहरुले अमेरिकाको विभिन्न शहरमा विजय र्याली निकालेका हुन् ।
उनका समर्थकहरु भने कोरोनाबाट बच्न भन्दै मास्क लगाएर वासिङ्टन डीसीमा समूह समूह बनाएर ह्वाइट हाउस नजिकै गएर विजय उत्सव मनाइरहेका छन् ।
न्यूयोर्कदेखि लस एन्जल्सका सडकहरुमा जो बाइडेनका समर्थकहरुले नाच्दै र गाउँदै विजय जुलुस र र्याली निकालिएको हो ।
केही ठाउँमा भने ट्रम्पका समर्थकहरुले अन्तिम नतिजा नआइसकेकाले विजय मान्न नहुने भन्दै अस्वीकार गर्दै आएका छन् । उनीहरुले ट्रम्पको भोटको काउन्टिङ गर्न माग गर्दै प्रदर्शन समेत गरेका छन् ।एजेन्सी







