December 4, 2020, Friday
२०७७ मंसिर १९, शुक्रबार

विश्वभर कोरोना संक्रमणबाट १२ लाख ५० हजार बढिको मृत्यु

  • 1
    Share

वासिङ्टन, विश्वभर कोरोना संक्रमणबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएकोे छ ।

गत डिसेम्बरमा चिनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म ४ करोड ९८ लाख ३५ हजार ८४७ व्यक्ति सङ्क्रमित भएका छन् । तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट २ लाख ३७ हजार ११३ जनको मृत्यु भएको छ । अमोरिकामा ९८ लाख ६० हजार ९५८ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार २६९ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ भने ५६ लाख ५३ हजार ५६१ कोरोना भाइरस सङ्क्रमित रहेका छन् ।

भारतमा १ लाख २६ हजार १२१ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । त्यहाँ ८५ लाख ७ हजार ७५४ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको