December 1, 2020, Tuesday
२०७७ मंसिर १७, बुधबार

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नागरिकलाई एकता र सहकार्यका लागि अपिल

  • 2
    Shares

वासिङ्टन, अमेरिकी राष्ट्रपतिय चुनावमा निर्वाचित भएका जो बाइडेनले एकता र सहकार्यका लागि अपिल गरेका छन् ।

निर्वाचित भएपछि गृह राज्य डेलवरको विलमिङ्गटनबाट विजयी सम्बोधन गर्दै उनले अमेरिकी नागरिकले आफ्नो आवाज दिएको र त्यो एकता तथा सहकार्यका लागि रहेको बताएका हुन् ।

उनले ट्रम्पको नाम लिएर विपक्षी भएपनि सत्रु हुन नसक्ने बताएका छन् । उनले कसैलाई पनि ‘राक्षसीकरण’ गर्ने समयको अन्त्य गरिनुपर्ने बताए । मतभेदलाई पाखा लगाएर जनताको सेवाका लागि सहकार्य गर्नु पर्ने बेला आएको उनको भनाइ थियो ।

अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले उपराष्ट्रपतिमा निर्वाचित हुने आफू पहिलो महिला भए पनि अन्तिम नहुने बताएकी छन् । उनले कायम रहेको संस्थागत रंगभेद अन्त्य गर्नका लागि काम गर्न बाँकी रहेको बताइन् ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको