November 25, 2020, Wednesday
२०७७ मंसिर १०, बुधबार

अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित

  • 29
    Shares

वासिङ्टन, कडा प्रतिस्पर्धापछि अमेरिकाको ४६औँ राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएका छन् ।

बाइडेनले संसदमा २७० इलेक्टोरल कलेज भोट आवश्यक पर्नेमा २८४ भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी डोनल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए । उनीसँगै उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस विजयी भएकी छन् ।

निर्णायक राज्य मानिएको पेन्सिल्भेनियामा बाइडेन र ह्यारिसले जितेसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सिएनएन, बीबीसी, एपी लगायत अन्तराष्ट्रिय मिडियाले डेमोक्रेट उम्मेदवारहरुले जितेको जनाएका हुन् । आधिकारिक रुपमा घोषणा भएको छैन ।

यसबीचमा अमेरिकामा ट्रम्प र बाइडेन दुबैका समर्थकहरु आन्दोलित बनेका छन् । झण्डै एक साता लागेर सम्पन्न भएको यसपटकको अमेरिकी निर्वाचन ऐतिहासिक मानिएको छ । सबैभन्दा धेरै मतदाता यसपटक थिए । साथै हुलाक मार्फत पनि मतदान गरिएको थियो ।

यसवाहेक कोरोना महामारीका बीच निर्वाचन सम्पन्न भएको हो । नोभेम्बर ३ मा सुरु निर्वाचनको मतगणना भने नोभेम्बर ७ मा मात्रै सम्पन्न भएको छ । मतगणनाको अन्तिम चरणसम्म आइपुग्दा पनि दुई उम्मेदवारबीच निकै कडा प्रतिस्पर्धा नै थियो ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको