December 5, 2020, Saturday
२०७७ मंसिर २०, शनिबार

ग्वाटेमालामा लगातारको वर्षपछि पहिरो जाँदा १४० जनाको मृत्यु

  • 1
    Share

ग्वाटेमाला, लगातारको वर्षपछि पहिरो जाँदा ग्वाटेमाला झण्डै १ सय ५० जनाको मृत्यु भएको छ ।

ग्वाटेमालाको मध्यक्षेत्र अल्टा भेरापाजको दूर्गम क्वीजा गाउँमा इटा आँधीपछि आएको भीषण वर्षाका कारण पहिरो जाँदा १ सय ५० जनाको मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मौसम खराब भएकाले उक्त क्षेत्रमा उद्धार गर्न समस्या भइरहेको र सडक अवरुद्ध रहेको बताइएको छ ।  त्यहाँ पुग्न सेनालाई पनि असजिलो भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति अलेजान्ड्रो जियाम्मटेईले कम्तिमा पनि एक सय जनाको मृत्यु भएको अनुमान गरेका छन् ।
क्विजा क्षेत्रको अवस्था चिन्ताजनक भएको उल्लेख गर्दै त्यहाँ एउटा शव पनि फेला पार्न नसकिएको राष्ट्रपतिले बताएका छन् ।

ग्वाटेमालाका अधिकांश राज्यमा आपतकाल अवस्थाको घोषणा गरिएको छ । मौसम खराब भएका कारण हो । उता वर्षाका कारण होण्डुरसमा कम्तिमा पनि १० जनाको मृत्यु भएको बताइएको छ ।एजेन्सी

शीर्ष समाचार

धेरै पढिएको