March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

ट्विटर नियन्त्रण भन्दा बाहिर गयाे, आफुले पाएकाे वैध मत गनियाे भने निर्वाचन जित्छु:डाेनाल्ड ट्रम्प

वासिङ्टन, अमेरिकी राष्ट्रपति तथा आगामी कार्यकालका लागि पनि राष्ट्रपतिको उम्मेदवार समेत र रहेका डोनाल्ड ट्रम्पले ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको आरोप लगउनुभएको छ । उनले गरेका केही ट्वीटहरु सामाजिक सञ्जाल ट्वीटरले नदेखाएकोले उक्त सामाजिक सञ्जालमाथि ट्रम्प हिजोदेखि नै रुष्ट बनेका छन् ।

उनले उक्त सामाजिक सञ्जाल आफ्ना विरुद्धमा गएको र नियन्त्रणभन्दा बाहिर भएको भन्दै निर्वाचन धाँधली भएको र यदि यस्तो कार्य रोक्ने हो भने आफूले निर्वाचन जित्न दाबी समेत गरेका छन् । उनले भनेका छन् यो ट्वीटर नियन्त्रणभन्दा बाहिर गएको छ र यदि मलाई प्राप्त भएका वैध मतहरु मात्र गनियो भने पनि मैले निर्वाचन सजिलै जित्नेछु ।

अवैध मत गनेर आफ्ना प्रत्यासी जोन बाइडेनलाई जिताउने प्रयत्न भएको आरोप उनले लगाएका छन् । त्यसैले उनले ती राज्यहरुका मतगणनाहरु रोक्नुपर्ने बताएका छ । उनले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय ठाउँमा मतगणना रोक्न र पुनः मतगणना गर्न माग गरेका छन् । यसै विवादसँग सम्बन्धित कतिपय उनले गरेका ट्वीटहरु ट्वीटरले नदेखिने बनाएको बताइएको छ । एजेन्सी

बिहीबार नै राष्ट्रपति ट्रम्पले धारणा सार्वजनिक गर्ने क्रममा हुलाकमार्फत गरिएको मतदान एकतर्फी भएको ट्रम्पकाे दावी थियो ।

शीर्ष समाचार

धेरै पढिएको