April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

अफगानिस्तानकाे कुन्दुजमा विस्फोट हुँदा ६ जनाकाे मृत्यु १४ घाइते

कुन्दुज,अफगानिस्तानको कुन्दुजमा भएको एक विस्फोटमा परी छ जना सर्वसाधारणको ज्यान गएको छ । सो विस्फोटमा परेर अरु कम्तीमा पनि १४ जना घाइते भएका बताइएको छ । बुधबार दिउँसो भएको विस्फोटको स्थानीय अधिकारी कुदरतुल्लाह साफीले पुष्टि गरेकाे छ ।

कुन्दुजको खनावाद जिल्लामा भएको सो विस्फोट बुधबार दिउँसो १ बजे भएको थियो । सर्वसाधारण नागरिक बजारमा किनमेलका लागि गएको समयमा सो विस्फोट गराइएको थियो ।यो विस्फोट अफगानिस्तानमा सशस्त्र हिंसा गरिरहेका तालिबानहरुले गराएको बताइएको छ । तर यस विषयमा उनीहरुले भने केही भनेका छैनन् । गाेरखापत्रबाट

पछिल्लो समयमा तालिबानीहरुले अमेरिकाको समन्वयमा अफगानिस्तानको सरकारसँग शान्ति वार्ता गर्ने सहमति गरेर वार्ता पनि शुरु गरेका थिए । उता कतारको राजधानी दोहामा सो वार्ता जारी नै रहेका बेला यता तालिबानीहरुले आक्रमण भने जारी नै राखेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको