December 1, 2020, Tuesday
२०७७ मंसिर १६, मंगलवार

फ्रान्समा एकैदिन ३० हजार बढिमा कोरोना सङ्क्रमण, पेरिसलगायत नौ शहरमा रात्रि कर्फ्यु

  • 3
    Shares

पेरिस, फ्रान्समा हालसम्मकै उच्च बिहिवार एकैदिन ३० हजार ६२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसको अघिल्लो दिन अर्थात बुधवार २२ हजार ५९१ जनामा कोरोना पुष्टि भएको थियो ।
यसरी कोतोना सङ्क्रमणको बढ्दो घटनालाई मध्यनजर गर्दै फ्रान्सेली सरकारले राजधानी पेरिसलगायत अन्य नौ सहरमा रात्रि कर्फ्यु लगाउने निर्णय गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनताको ज्यान बचाउन कडा प्रतिबन्ध पुर्ण रुपमा आवश्यक छ भनेर चेतावनी दिएको छ । सरकारले कोरोनाको दोस्रो चरण ध्यानमा राख्दै नयाँ नीति निर्देशनको पालना गर्न युरोपका मानिसहरूलाई आग्रह गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको