
काठमाडौं, उत्तर कोरियाका नेता किम जोंगले दक्षिण कोरियाका एक अधिकारी मारिएको विषयमा दक्षिण कोरियाको राष्ट्रपति मून जे-इनलाई एक पत्र लेख्दै माफी मागेका छन् ।
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार उनले राष्ट्रपति जे-इनसँग यस्तो घटना नहुनु पर्ने बताएका हुन् ।
दक्षिण कोरियाका अनुसार ४७ वर्षीय एक व्यक्ति उत्तर कोरियाबाट भाग्ने प्रयास गरेका थिए । त्यसपछि उनलाई पानीमा लडाएर उत्तर कोरियाका सैनिकले गोली हानी मारेको दक्षिण कोरियाले बताएको छ।






