
राेजगारकाे सिलसिलामा नेपालीहरु विभिन्न देशमा पुगेका छन् र धेरै देशमा नेपालीहरुमा काेराेना भैसकेकाे छ भने कतिकाेत मृत्यु नै भैसकेको छ । त्यसैगरि पछिल्लो समय मलेसियामा ८१ जना नेपालीमा काेराेना भाइरस संक्रमित भएको छ । २२ जना निकाे भैसकेकाे छ ।
मलेसिया स्थित नेपाली दूतावासका राजदुत उदयराज पाण्डेका अनुसार मलेसियामा अहिलेसम्म ८१ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएको छ भने २२ जना उपचार सकिएर स्वास्थ्य लाभ लिईसकेको जानकारी दिएका छन् ।





