November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

युवाहरुकाे कुटपिट बाट एकजना गम्भीर घाइते

  • 538
    Shares
गम्भीर घाइते अनिश कुँँवर

बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ६ मा गए राति अनिश कुवर माथि गम्भीर कुटपिट भएको छ । खोलाधार भन्ने ठाउमा सोही ठाँउका स्थानीय युवाहरुले कुटपिट गर्दा कुवर गम्भीर घाइते भएका छन।

५-६ जान मिलेर ज्यानै मार्ने गरि कुटपिट बाट अचेत भएका कुवेरकाे अवस्था गम्भीर भए पछि धनगढी स्थिती सेती अञ्चल अस्पताल मा उपचार भैरहेको छ ।कालंगा हाइड्रो प्रालि मा गाडी चालक कुवरलाई युवाहरूको समुहले हात,हतियार सहित काेठामा प्रवेश गरि कुटपिट गरेकाे उनका साथीहरूले बताएका छन । स्थानीय टपेन्द्र सिंह , पुष्कर संह लगाएतका समुहले आक्रमण गरेको पिडितपक्षले जनाएका छन ।

कुवरकाे अनुहार र शरिरका विभिन्न ठाउँमा गम्भीर चाेट लागेको छ ।घटना के कारणले भएको भन्ने कुरा केही खुलेको छैन ।घटनामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको पिडितपक्षले गुणासाे गरेका छन ।

शीर्ष समाचार

धेरै पढिएको