
क्वालालम्पुर मलेसिया – विश्वभरी कोरोना भाइरस ( कोभिड -19 ) को माहामारी,संक्रमणले साढे तीन लाख बढि मानिसले ज्यान गुमाई सकेका छन् । वैदेशिक रोजगारीमा रहेका सयौं नेपाली श्रमिक पनि कोरोनाबाट प्रभावित भइसकेका छन् ।
कोरोनालाई नियन्त्रण गर्न विश्वभरका अधिकांश देशमा लकडाउन जारी गरिएको छ। लकडाउन अवधी सम्ममा वैदेशिक रोजगारीमा रहेको अन्तर्राष्ट्रिय मुलुकहरु युएईमा ४६ जना , साउदीमा ४९ जना , मलेसियामा ४४ जना , कतारमा ४१ जना , कुवेतमा ११ जना , बहराइन ३ जना , ससेल्समा १ जना , दक्षिण कोरिया ३ जना , टर्कीमा १ जना , ओमानमा १ जना , जोर्डनमा १ जना , अन्य मुलुकको ६ जना गरेर जम्मा २ सय ७ जना नेपालीको मृत्यु भएको छ। २ सय ७ जनामध्ये १० जना नेपालीको कोरोना भाइरसको कारणले मृत्यु भएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जारी गरेको तथ्यांकमा उल्लेख गरिएको छ। बाकी १ सय ९६ जना नेपालीको अन्य विभिन्न कारणले जस्तैः सुतेको सुत्यै भएर , ह्र्दयघात , सवारी दुर्घटना , आत्महत्या , रक्सी सेवन गरेर लडाइँ झै-झगडा लगायतको कारणले मृत्यु भएको बोर्डले जनाएका छ्न।

मृत्यु हुने नेपालीहरुमध्य १२ जना महिला रहेका छ्न भने १ सय ९५ जना पुरुष रहेको छ। लकडाउनले गर्दा अन्तर्राष्ट्रिय उडान पुर्णरुपमा बन्द रहेको कारण मृतक नेपालीहरुको शव नेपाल पठाउन नसकिने बोर्डले केहिदिन अगाडिनै सुचना सार्वजनिक गरिसकेको थियो। वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका नेपालीको शव नेपाल ल्याउन नसकिने भएकोले परिवारको सहमतीमा सम्बन्धित देशमा रहेको नेपाली दूतावासको समन्वय,सहयोगमा मृतकहरुको अन्त्यष्टि गर्ने र मृतकको परिवारलाई सान्त्वना स्वरुप नेपाली रु.५० हजार नगद सहयोग गर्ने बोर्डले बताएका छ्न। तथ्यांकअनुसार अहिलेसम्म मृत्यु हुने देशमै मृतकको अन्त्यष्टि गर्नको लागी ५८ जना मृतकको परिवारले सहमति जनाएको उल्लेख गरेकाछ्न। भने बाकी १४९ जनाको शव सम्बन्धित देशकै अस्पतालमा राखिएको जनाएकाछ्न। वैदेशिक रोजगार बोर्डको सचिवालयले सार्वजनिक गरेको तथ्यांक जेठ ९ गते ( मे २२ तारिख ) सम्मको मात्रै हाे । जेठ ९ गतेदेखि यता पनि विभिन्न अन्तर्राष्ट्रिय मुलुकमा कैयौं नेपालीको मृत्यु भएकोले मृतकको संख्या थप भएको देखिन्छ।







