March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

काठमाडौं बुढानिलकण्ठ नगरपालिका सहयोगी मनद्वारा बाह्रबिसे पहिरो पिडीतलाइ राहत वितरण

काठमाडौं, बूढानीलकण्ठ नगरपालिकाका सहयोगी मनद्वारा भाद्र २८ गते आईतवार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ घुम्थाङमा गएको पहिरोबाट प्रभावित जनताका लागि राहत रकम वितरण गरेको छ ।

सिन्धुपाल्चोक जन्मथलो भइ हाल बूढानीलकण्ठ नगरपालिका कपन निवासी बुनपा वडा नम्बर १० का वडा अध्यक्ष तथा बुनपा नगर प्रबक्ता नवराज भट्टराई, नेकपा वडा नम्बर १० सचिव सन्चिता डोटेल, प्रेस संगठन नेपाल केन्द्रीय लेखा सदस्य आशिष गुरागाई तथा समाजसेवी राजेन्द्र गुरागाई, प्रतिमा बिस्ट तथा सरिता रिमाल राहत वितरणका लागि हिजो सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका-७ घुम्थाङ पुगेका थिए ।

सहयोग गर्ने हरुको नामावली :

उक्त टोलीले पहिरोमा परि मृत्युभएका ११ परिवारलाई ५ हजार र पहिरोले पूर्ण रुपमा क्षेति पुर्याएको परिवारलाई २५ सयर रुपैयाँ गरि जम्मा ८२ हजार ५ सय रुपैयाँ नगत हस्तान्तरण गरेको हो ।

सहयोग वितरणमा बाह्रबिसे नगरपालिका नेकपा नगर कमिटी अध्यक्ष ज्ञानेन्द्र राउतले सयहोग गरेका थीए भने बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रीनले नगरलाई परेको संकटमा सहयोग गरेकोमा सबै सहयोगी मनाहरुलाई धन्यवाद दिएकी थीइन ।

शीर्ष समाचार

धेरै पढिएको